Kathmandu
भक्तपुर : बुधबार रातिदेखि जारी गरिएको निषेधाज्ञा अवज्ञा गरी अनावश्यक रुपमा सडकमा निस्किने २ सय ३६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै ८० वटा दुईपांग्रे सवारीसाधन नियन्त्रणमा लिइएको छ । बिना काम निषेधाज्ञा उल्लंघन गरी सडकमा निस्किएका सर्वलाई प्रहरीले सडकमै उभ्याउने गरेका छन् । त्यस्तै दुईपांग्रे सवारीसाधनलाई पनि नियन्त्रणमा लिएर त्यसमा सवार व्यक्तिलाई होल्ड गरिएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रमुख प्रहरी उपरीक्षक तारादेवी थापाका अनुसार बिहीबार बिहान १० बजेसम्म विनाकाम सडकमा निस्किने २ सय ३६ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिइन् । काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएपछि बिहीबार बिहानैदेखि प्रहरीले सडक तथा नाकाहरुमा कडा चेकजाँच गरेको थियो । त्यस्तै सहरबजारका मुख्य मुख्य चोकहरुमा समेत प्रहरी परिचालन गरी निषेधाज्ञा पालना गराइरहेका छन् । निषेधाज्ञामा अत्यावश्यक काममा बाहेक सर्वसाधारणलाई यताउता हिँडडुल गर्न बन्देज लगाइएको छ । त्यस्तै अत्यावश्यक काममा जाने भनी तोकिएका व्यक्तिहरुबाहेक अरु कसैले सवारीसाधन चलाउन पाइँदैन । यसरी कडा व्यवस्था गरिँदा पनि अनावश्...
Comments
Post a Comment